पूर्वाञ्चल खबर
ती युवकको मृत्युबारेमा अस्पतालले आधिकारिकरुपमा अहिलेसम्म केही बोलेको छैन । उच्च ज्वरो र रुघाखोकीले ग्रसित वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिनअघि कोरोना विशेष अस्पतालमा पठाइएको थियो ।उनी उच्च ज्वरो र रुघाखोकीले ग्रसित थिए । यद्यपि, उनलाई कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी रहेको छ ।
उनको कोरोना संक्रमण या अन्य कारणले मृत्यु भएको पुष्टि हुन सकेको छैन। उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो । तर कोरोना संक्रमण भएन–भएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।