AArya
RUMPUM
animated ellipse animated ellipse

सञ्चार क्लब चार पत्रकारलाई पुरस्कृत गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०७३, शुक्रबार १९:३३
3
Shares
७ माघ, उर्लाबारी सञ्चार क्लब नेपाल उर्लाबारीले चार जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
आगामी माघ २१ गते हुने क्लबको १३ औं साधारणसभाको अवसरमा लिला गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार दुई जना र दाताराम पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार दुई जनालाई प्रदान गर्ने भएको हो ।
क्लबका अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लिला गोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार ब्लाष्ट टाइम्स दैनिकका पथरी संवाददाता दिनेश सुब्बा र रासस उर्लाबारी संवाददाता सुमन घिमिलेलाई प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै, दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार रेडियो इन्द्रेणीका अर्जुन राजबंशी र हिमशिखर टेलिभिजनकी लक्ष्मी नेपाललाई प्रदान गर्ने निर्णय भएको सञ्चार क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए ।
साधारणसभाकै अवसरमा उर्लाबारी क्षेत्रमा सञ्चार संस्थाको स्थापना गरी सञ्चार जगतमा योगदान पुर्याएको भन्दै सञ्चार गृहका प्रमुखहरुलाई सम्मान गरिने भएको छ । निगरानी डटकम दैनिकका अध्यक्ष खड्ग फागो, रेडियो इन्द्रेणीका अध्यक्ष भोलामान श्रेष्ठ र राष्ट्रिय समाचार पत्र दैनिकका प्रकाशक गंगा बाँस्तोलालाई सम्मान गरिने भएको हो ।
यस्तै, विगत लामो समयदेखि उर्लाबारीमा कार्यरत अग्रज पत्रकार दुर्गाप्रसाद भट्टराईलाई पनि सम्मान गरिने निर्णय भएको अध्यक्ष भण्डारीले बताए । सञ्चार क्लबका पूर्वी मोरङका चार दर्जन बढी पत्रकार आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर