पूर्वाञ्चल खबर
कपिलवस्तु / कपिलवस्तुको महाराजगंज नगरपालिका १ महाराजगंजमा एक महिला माथि एसिड प्रहार भएको छ ।
एसिड प्रहारवाट ५१ व्र्षका बेदमतीदेवी गुप्ता घाईते भएकी छिन् । गुप्ताको अवस्था मध्यम रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताए । महिलाको निधार र शरिरमा एसीड लागेको छ । एसीड आक्रमण पछी घाईते गुप्तालाई कपिलवस्तु जिल्ला अस्पताल उपचार पछि युनिर्भसल मेडिकल कलेज अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
क्रिकेट ब्याटको विषयमा विवाद चल्दै गर्दा छिमेकी हरीनारायण वरईले एसिड प्रहार गरेको बताइएको छ । वरईले क्रिकेट ब्याड भाचे पछी व्याडको पैसा तिनु पर्ने भन्दै झगडा भएको बेलामा व्याट्रिमा राख्ने तेजाव फालेका थिए । वरईको व्याट्रि मर्मत गर्ने पसल सञ्चालन गर्छन् ।
प्रहरीले वरईको पसलवाट ५ लिटर एसिड समेत वरामद गरेको छ । एसीड प्रहार गर्ने वरई प्रहरी नियन्त्रणमा रहेका छन् । उनलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता भएको छ ।