RUMPUM
animated ellipse animated ellipse

विज्ञान लेखन सम्बन्धी अभिमूखीकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७६, शनिबार २०:१५
3
Shares

विराटनगर / विराटनगरमा विज्ञान विषयका जानकारहरुलाई सार्वजनिक सञ्चार माध्यमका लागि कसरी आलेखहरु तयार गर्ने भन्ने बारेमा एक दिवसीय अभिमुखीकरण सम्पन्न भएको छ ।

स्नातकोत्तर क्याम्पस विराटनगर र नेपाल जैविक समाज विराटनगरको संयुक्त आयोजनामा भएको सो अभिमुखीकरणमा वातावरणका विज्ञ एवम पत्रकार रामचन्द्र अधिकारीले सहजीकरण गरेका थिए । वनस्पति र प्राणी विज्ञानमा स्नातकोत्तर तहमा अध्ययनरत तथा अध्ययन पूरा गरिसकेका विद्यार्थीहरुलाई विज्ञान तथा वातावरणका के कस्ता विषयवस्तुमा र कसरी आलेख तयार गर्ने भन्ने जानकारी दिइएको थियो ।

सहजीकरण गर्दै स्वच्छ वातावरण मानिसको मौलिक हक कायम भइसकेको र वातावरणप्रति मानिसहरुको उत्सुकता र संवेदनशीलता बढेको कारण यससम्बन्धी लेखहरुको माग बढिरहेको उल्लेख गरे । साथै जानकारहरुले ज्ञान लिएर मात्र नहुने सो ज्ञानलाई सर्वसाधारण सम्म प्रसार गर्ने दायित्व पनि भएको हुनाले लेख लेख्न उनले प्रेरित गरे । जलवायु परिवर्तन, भूउष्णिकरण, हावा पानी माटोलगायत प्राकृतिक स्रोत तथा तिनको संरक्षण तथा सदुपयोगजस्ता विषयमा कलम चलाउनुपर्ने आवश्यकता भएको अधिकारीले बताए । सो अभिमुखीकरणमा २० जना प्रशिक्षार्थी सहभागि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर