AArya
RUMPUM
animated ellipse animated ellipse

रतुवामाईमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७६, मंगलवार २१:०१
3
Shares

विराटनगर / ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारासहित मोरङको रतुवामाई नगरपालिकामा राष्ट्रपती रनिङ शिल्प प्रतियोगिता आजदेखि सुरु भएको छ ।

रतुवामाई नगरपालिकाको आयोजनामा वडा नं.६ स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङ्गणमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रममाबीच रतुवामाई नगरपालिकाका मेयर रवीन राईले व्यानरमा हस्ताक्षर गर्दै उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै मेयर राईले खेलकुदको विकास विना मुलुकको विकास सम्भव नरहेको बताए । उनले विद्यालयमा मानसिकरुपमा मात्र नभई शाररिकरुपले पनि विद्यार्थीलाई तयार गर्नुपर्नेमा जोड दिँदै खेलकुदलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । मेयर राईले नगरका सामुदायीक विद्यालयको स्तरोन्नती र शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाले प्राथमिकतामा राख्दै आएको बताए ।

‘विद्यार्थीले किताबीकुरा घोकेर मात्र हुँदैन । विद्यालयमा आर्जन गर्ने शिक्षाले मानशिकताको विकास हुन्छ ।’ उनले भने,‘त्यतिले मात्र पुग्दैन शारिरिक रुपले र स्वास्थ्यका हिसाबले पनि विद्यार्थी फिट हुनुपर्छ । त्यसैले खेलकुद अनिवार्य छ ।’

मेयर राईले खेलकुद क्षेत्रबाट विद्यालय स्तरदेखिनै खेलकुदप्रतीको लगावले विद्यार्थीले समाज, नगर र सिंगो राष्ट्रको नाम राख्न सक्षम हुने भएकाले रतुवामाई नगरपालिकाले जहिल्यै खेलकुद क्षेत्रलाई प्रथाकिमतामा राखेको बताए । ‘विद्यालयबाटै खेलको अभ्यासबाट पछि राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुन्छन् । ती खेलाडीले राष्ट्रका लागि देश विदेशमा खेल्दा सवै हामिलाई खुशि लाग्छ । नगर र राष्ट्रको नाम राख्नेछ ।’ उनले भने,‘त्यसैले विद्यार्थीले पढाई सँगसँगै खेलकुद तर्फ पनि ध्यान दिनुपर्छ ।’

कार्यक्रममा रतुवामाई नगरपालिकाकी उपमेयर दयन्तादेवी चुडालले खेलकुद क्षेत्रको विकास बिना समृद्ध नेपाल शुखि नेपालीको राष्ट्रिय संकल्प पुरा नहुने बताउँदै नगरपालिकाले खेलकुद क्षेत्रलाई महत्वका साथ हेरेको दावी गरिन् ।

उद्घाटन कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रप्रसाद भट्टराईले विद्यालय स्तरमा गरिने खेलकुद प्रतियोगिताबाट विद्यालयको क्षमता विकसमा टेवा पुग्ने बताए । उनले खेल क्षेत्रले अन्तराष्ट्रिय स्तरमा राष्ट्रको पहिचान स्थापित हुने भएकाले स्थानीय स्तरदेखीनै खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

आजदेखि सुरु भएको प्रतियोगितामा रतुवामाई नगरपालिकाका २२ वटा सामुदायीक विद्यालयका ७५ जना विद्यार्थीले विभिन्न खेलमा भाग लिएको सरस्वती माध्यामिक विद्यालय कादुपाडाका प्रधानाध्यापक यज्ञनाथ भट्टराईले जानकारी दिए ।

उसु खेलबाहेक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश सवै खेल सञ्चालन गरिने जनाइएको छ । मंगलबारदेखि सुरु भएको प्रतियोगिता फागुन १ गते सम्पन्न हुने जनाइएको छ । ७४ इभेन्टमा हुने प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ शिल्ड, प्रमाण पत्र र मेडल वितरण गरिने प्राधानाध्यापक भट्टराईले जानकारी दिए ।

करिब ५ लाख बढी खर्च हुने प्रतियोगिताको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने जनाइएको छ । प्रतियोगिताको पहिलो दिन मंगलबार एथ्लेटिक्सका मात्र खेलहरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर