पूर्वाञ्चल खबर
मृत्यु हुनेमध्ये दुईजना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ६० वर्षिया एक अमेरिकी नागरिकको वुहानमा बिहीबार मृत्यु भएको जानकारी दिएपनि अन्य विवरण भने दिएका छैनन् । त्यसैगरी, अर्का एकजना ६० वर्षीया जापानीको पनि कोरोनाभाइरसकै कारण वुहानमै मृत्यु भएको छ । जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको छ ।
डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजार वुहानमा पहिलोपटक देखापरेको नयाँ कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएको छ । विश्वका झन्डै ३० देशमा यो भाइरस फैलिएको छ । कोरोनाभाइरसबाट अति प्रभावित क्षेत्र मानिने वुहानमा ११ हजार स्वास्थ्यकर्मी थप गरिएको छ । एजेन्सीको सहयोगमा