AArya
RUMPUM
animated ellipse animated ellipse

एमआरको राष्ट्रिय महाधिवेशन विराटनगरमा हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०७६, बुधबार १९:१२
3
Shares
विराटनगर / नेपाल औषधी विक्री संघ (एम.आर) को २७ औं राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ ।

आउँदो माघ २४ र २५ गते हुने राष्ट्रिय महाधिवेशनमा देशभरीका ६ हजार प्रतिनिधिहरूको सहभागि हुनेछ ।

राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने नेपाल औषधी विक्री संघको सचिव सितल श्रेष्ठले जानकारी दिए । आजबाट संघका प्रतिनिधीहरू आउने क्रम सुरु हुने उनले बताए । विराटनगरमा संघले आज पत्रकार सम्मेलन गरि राष्ट्रिय महाधिवेशनको तयारीमा लागि परेको जानकारी गराए ।

संघका सचिव श्रेष्ठका अनुसार देशभरीमा नेपाल औषधी विक्री संघको इकाइहरु रहेको जानकारी दिए । देशरीमा १३ वटा इकाइ रहेको उनले बताए । अहिले पनि सरकारले ताकेको न्यूनम बेतन औषधीहरूले नदिने गरेको उनीहरूको भनाई छ । कम्पनी उद्योगलाई राज्यले तोकेको श्रम ऐन अनुसार एमआरहरूलाई सेवा सुविधा दिन दवाव दिने संघका सचिव श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर