RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय हक्की प्रतियोगिता विराटनगरमा हुँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७६, शनिबार २२:०९
3
Shares

विराटनगर / हक्की संघको आयोजनामा राष्ट्रिय हक्की प्रतियोगिता विराटनगरमा हुने भएको छ ।

नेपाल हक्की संघले शनिबार विराटनगरमा प्रत्रकार सम्मेलन गरि विराटनगरमा माघ २० गतेदेखि राष्ट्रियस्तरको गिरिजाप्रसाद कोईराला स्मृति दोश्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको आयोजना गर्न लागेका जानकारी गराएको छ ।
नेपाल हक्की संघका सचिव रञ्जन थापाले हक्की खेलको घट्दो लोकप्रियतालाई मध्यनजर गर्दै राष्ट्रिय स्तरको हक्की प्रतियोगिता हुने विराटनगरमा गर्न लागेको जानकारी गराएका छन् । हक्की खेललाई थप उचाई दिने हेतुले आयोजना हुन लागेको यो प्रतियोगितामा नेपालका प्रदेश नम्बर छ बाहेक अन्य सबै प्रदेशको र एक विभागिय टोली आर्मी क्लबको सहभागिता रहने छ ।

झण्डै २५ लाखको लागतमा विराटनगरको सहिद मैदानमा हुन लागेको यो प्रतियोगिताले हक्की खेलको प्रचार प्रसारमा राम्रो भुमिका खेल्ने आयोजकले विश्वास लिएका छन् ।

प्रतियोगिको विजेता हुने टिमलाई ट्रफिसहित ५० हजार रुपैया दिइने छ भने दोस्रो हुने उपविजेता टिमलाई ट्रफिसहित २५ हजार र तेस्रो हुने टिमलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यसैगरी प्रतियोगिताभर बेष्ट प्लेयर , बेष्ट गोल स्कोरर , बेस्ट गोलकिपर र राइजिङ खेलाडीलाई समान ५ हजार रुपैया पुरस्कर दिने आयोजकले जानकारी दिए ।

खेललाई सभ्य र भव्य रुपमा आयेजना गर्नका लागी राष्ट्रि खेलकुद परिषद , नेपाल राष्ट्रिय वाणिज्य बैंक र विराटनगर महानगरपालिकाले सहयोग गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर