RUMPUM
animated ellipse animated ellipse

डा. पोखरेलद्वारा लिखित देश–विदेश यात्रा संस्मरण विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७६, बिहीबार २१:२६
3
Shares

विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘ प्यासी’ले ‘ डा.उद्धब पोखरेलद्वारा लिखित देश–विदेश यात्रा संस्मरण विमोचन गरेका छन् ।

लायन्स क्लब अफ विराटनगर युनाइटेडले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख प्यासीले विमोचन गरेका हुन् ।

विमोचन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख प्यासीले यात्रा साहित्यका लागि मात्रै होइन नेपालको विकासका लागि समेत पुस्तक महत्वपूर्ण रहेको बताए । सरल भाषाशैली र शिल्पका कारण बालबालिकादेखि ज्येष्ठ नागरिकका लागिसमेत पुस्तक पठनीय रहेको बताए । उनले सामाजिक, भौगोलिक, आर्थिक र सांस्कृतिक विषयलाई समेटी लेखिएको कृति संस्मणात्मक, समालोचकीय भूमिका निर्वाह गर्न सफल भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रदेश–१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, लायन्स क्लब डिष्ट्रिक्ट ३२५ ए वान नेपालका गभर्नर राजन खत्री, पूर्वगभर्नर लीला ढुंगेल, प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, महेन्द्र मोरङ क्याम्पसका प्रमुख डा. बाबुराम तिम्सिना,टंक न्यौपाने, दधिराज सुवेदीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

विमोचित कृतिमाथि समालोचक हरिप्रसाद बराल, प्राध्यापक इन्दिरा प्रसाईं, कवि मीनकुमार नवोदितले टिप्पणी गरेका थिए । डा.पोखरेलले एसियाका १७ र युरोपका १३ देश भ्रमणका अनुभव पुुस्तकमा उतारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर