RUMPUM
animated ellipse animated ellipse

मिसेस ब्यूटी क्विन २०२० को ताज सन्तोषीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ माघ २०७६, शुक्रबार १९:२४
3
Shares

काठमाडौं / सिजन मिडियाले सञ्चालन गरेको ‘ लेटमिइन मिसेस ब्यूटी क्विन नेपाल २०२०’ को विजेता सन्तोषी शाही बनेकी छिन् ।

विजेता कर्णाली प्रदेश विरेन्द्रनगर सुर्खेतकी ४० वर्षीया सन्तोषी शाहीले ‘लेट मिइन मिसेस ब्यूटी क्वीन नेपाल २०२०’ को उपाधिसहित टिभिएस स्कुटर, इन्डोनेशियाको बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेकी छिन् भने मिसेज मल्टी मिडिया अवार्ड पनि हाल पार्न सफल भइन ।

यस्तै ‘फस्ट रनरअपमा सविता शर्मा भइन भने उनले मिसेज पपुलरको अवार्ड पनि हातपार्न सफल भइन र ‘सेकेण्ड रनरअपमा सीता अर्चना पौडेल चयन भएका छन् भन उनीले पनि वेष्टवाकको अवार्ड पनिहात पार्न सफल भइन साथै दुवैले बाली भ्रमणको टिकट र विभिन्न उपहार प्राप्त गरेका छन् ।थर्ड रनर अपमा रञ्जना निरौला, र ‘फोर्थ रनर अपमा देवकला पुन छनोट भएकी छिन् ।

यस्तै ‘सवटाइटल अवार्ड’ हातपार्नेमा देवकला पुन व्यूटीफूल आइज, सिर्जना गौतम फेष्डसिप अवार्ड, सिर्जना पनेरु डाइनामिक अवार्ड, सरिता कर्ण वियारी एलीगेनस अवार्ड, अमिता अमात्य इनोसेन्ट अवार्ड, दिपा ढुङ्गाना इनरजेटीक हवार्ड, सुहाना अर्याल वेष्ट फीगर अवार्ड, उर्मिला खत्री फोटोजेनीक अवार्ड, समीसा गिरी ट्यालेन्ट अवार्ड, , सुम्निमा चौधरी व्यूटीफूल स्कीन अवार्ड,रिता कार्की वेष्ट पर्सनालीटी अवार्ड र रस्मिला शाही अर्गनाइजर च्वाइस वेष्ट ड्रेस र भिर्योस च्वाइस अवार्ड हातपार्न सफल भइने ।

मिसेज ब्युटी क्वीनको निर्णायक मण्डलमा नेपाल लाइफ इन्सुरेनसका प्रमोसन हेड मेगेन्द्र प्रकाश गिरी,नेपाल टेलीभिजनकी समाचार सम्पादक सिवानी थापा वस्नेत ,सिसनयर व्यूटीसियन सिता पाठक,प्रदेश एकका आनका संयोजक पवन अधिकारी,जुम्वा प्रशिक्षक सोनाम केसी,मिसेज व्यूटी क्वीन २०१८की विजेता सुदिक्षा आचार्य र सिनियर विमान परिचारीका अन्जली खनाल रहनु भएको थियो ।

प्रतियोगितात्मक कार्यक्रमले विवाहित महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर