पूर्वाञ्चल खबर
विराटनगरको ट्राफिक चौकदेखि महेन्द्र चौकसम्मको सडकमा आजदेखि महोत्सव सुरू भएको हो ।
माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले गरे । भ्रमर्ण वर्ष सन् २०२० लाई सफल बनाउनुको साथै स्थानिय स्तरमा उत्पादन भएको बस्तुको प्रर्वद्धन गर्ने उद्देश्यले सडक महोत्सव गरिएको मन्जिना मुभिज क्रियसनका प्रबधन्क निर्देशक जतिन ताम्राकारले जानकारी दिए । दिउँसो ३ देखि साँझ ८ बजेसम्म लगातार चार दिनसम्म सडक महोत्सव हुनेछ ।
महोत्सवमा नेवारी, थारु, मारवाडी, थकाली र अन्य विभिन्न परिकारहरुको करिब तीन दर्जन बढी स्टलहरु रहेको छ । महोत्सव स्थलमा प्रदेश १ का रमणिय पर्यटकी गन्तब्यहरूको फोटाहरु पनि छन् । आयोजकले महोत्सव अवधिभर एक लाख दर्शकले प्रत्यक्ष रुपमा अवलोकन र १ करोडको कारोबार हुने लक्ष्य राखेको छ । महोत्सवमा दैनिक साँस्कृतिक कार्यक्रम पनि हुनेछ । राष्ट्रिय र स्थानिय कलाकारहरूबाट हुने दैनिक साँस्कृतिक कार्यक्रमले मनोरञ्जन प्रदान गर्नेछ । पहिलो दिन गायक अनिल सिंहको प्रस्तुती रहेको थियो । दोस्रो दिन सुगम पोखरेलको हुनेछ ।