RUMPUM
animated ellipse animated ellipse

बलत्कार आरोपी सिद्धबाबाद्धारा साधारण तारेखमा मुद्दाको पूर्पक्ष गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७६, बिहीबार १९:१८
3
Shares
फाइल तस्वीर

विराटनगर / बलत्कार आरोपमा चलाइएको जवरजस्ती करणी मुद्दामा जिल्ला अदातल सुनसरीले धरौटीमा छाड्न आदेश दिएका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीले आफूलाई साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्ष गरिनु पर्ने माग गरेका छन् ।

उच्च अदालत विराटनगरमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार निवेदन दिएर उनले यो माग राखेका हुन् । महिला अनुयायीलाई सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा बोलाएर कात्तिक ४ गते बलत्कार गरेको घटनामा उनी विरुद्ध अनुसन्धान गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जवरजस्ती करणी मुद्दा दर्ता गराएको थियो । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले उनलाई यही मुद्दामा तीन लाख रुपैयाँ धरौटीमा छाड्न पुष १४ गते आदेश दिएको थियो ।

उक्त आदेश बेरितको रहेको भन्दै बदर गरिपाउँ भन्ने माग राख्दै उच्च अदालत विराटनगमा पुष १६ गतेनै निवेदन परेको छ । उच्च सरकारी वकिल कार्यालय विराटनगरले उच्च अदालतमा मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार बेरितको आदेश बदर र प्रतिवादी सिद्धबाबालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग राखेर निवेदन दिएको हो । उक्त निवेदन १७ गते उच्चमा दर्ता भएको थियो । उच्च अदालतलेसबै व्यहोरा र विवरण खुलाएर १५ दिन भित्रमा सुरु मिसिल साथै राखी कैफियत प्रतिवेदन गर्न जिल्ला अदालतलाई १८ गते आदेश दिएपछि जिल्लाले कैफियत प्रतिवेदन पनि पठाइसकेको छ ।

सरकारी वकिल कार्यालयले सिद्धबाबाका सन्दर्भमा जिल्लाको आदेश बेरितको रहेको दाबी गरिरहेका बेला धरौटीमा छुटेका अभियुक्त सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष गरिनु पर्ने माग राखेर निवेदन दिएका हुन् ।

उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाका अनुसार एउटै मुद्दाका पक्ष र विपक्षबाट अलग–अलग माग राखेर निवेदन दर्ता भएपछि मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा लगाउमा राख्न बुधबार आदेश दिएका छन् । पक्ष विपक्ष दुईवटा भए पनि मुद्दा अन्तरसम्बन्धित भएकाले भिन्दा भिन्दै सुनुवाई नगरिकन सँगै राखेर सुनुवाई गर्नु पर्ने भएपछि मुद्दा लगाउमा राखिएको थपलियाको भनाइ छ । सुनुवाईका लागि मुद्दाको पेसी अगामी बिहीबारका लागि चढेको छ । मुलुकी फैजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार परेका निवेदनको सुनुवाई उच्च अदालतले प्रत्येक बिहीबार गर्दै आएको छ ।

बलत्कार आरोपको अनुसन्धान अवधि विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा गुजारेका सिद्धबाबा गत आइतबार डिस्चार्ज भएपछि चतरा नै गएर बसेका छन् । बलत्कार आरोपपछि बिरामी भएको भन्दै उनी मंसिर १२ गतेबाट अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा ३८ दिनसम्म अस्पतालमा रहेका उनको अनुसन्धान अवधि प्रहरी हिरासतमा नबसिकन वित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर