RUMPUM
animated ellipse animated ellipse

१० रुपैयाँको खाना खादै कलाकार दीपाश्रीले गरिन अभियानलाई सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ पुष २०७६, शुक्रबार २०:४४
9
Shares
१० रुपैयाँको खाना खादै कलाकार दीपाश्री निरौला । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / नेपाली सेने जगतकी हास्य कलाकार तथा निर्देशक दीपाश्री निरौलाले विराटनगर सातादेखि जारी रहेको रहेको १० रुपैयाँमै पेटभरि खाना खान पाइने अभियानलाई सहयोग गरेकी छिन् ।

काठमाडौबाट गृहनगर विराटनगर आएकी दीपा सर्वसाधारणलाई खाना पस्कन व्यस्त देखिन्थिन् । ‘‘आफू जन्मेकै ठाउँमा आएर आफैं खान पस्केर दाजुभाइ–दिदीबहिनीलाई खुवाउन पाउँदा खुशी लागेको छ,’’ दीपाले सुनाइन् । साथै उनले आफ्नो तथा परिवारको जन्मदिन र अन्य अवसरमा अभियानलाई सहयोग गर्ने समेत जानकारी गराइ ।उनले यो अभियान सकारात्मक भएको हुनाले अयिभानलाई निरन्तरता दिनु पर्ने बताइन् । दिपाले १० रुपैयाँ तिरेर खाना समेत खाएकी थिइन् । उनले भनिन् १० रुपैयाँमा यति मिठो खाना पाउदो रहेको बताइ् । उनले यो अभियानलाई सहयोग समेत गरेकी छिन् ।

काली मन्दिर अगाडिबाट सुरु भएको अभियानमा भीड बढेसँगै मेनरोडको जैनभवनअघि सारिएको राजनीतिकर्मी तथा समाजसेवी दिलीप धाडेवाले बताए । दाताहरूले सहयोग गरेपछि अब विराटनगरमा आउँदो १ वर्षभर १० रुपैयाँमा एकछाक पेटभरी खाना खान पाइने समाजसेवी धाडेवाले जानकारी दिएका छन् ।

मैले आरम्भ गरेको अभियानलाई अन्य दाताले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’’ उनले भने, ‘‘आउँदो १ वर्षसम्म खाना खुवाउन दाताले सहयोग गर्ने प्रतिबद्धता जनाएर नामै लेखाउनुभएको छ । अब अभियान रोकिने छैन ।’’ धाडेवाले विपन्न मानिस तथा एकछाक खाना खान समस्या हुनेहरूलाई लक्षित गरेको अभियान थालिएको बताए । बिहान ११ बजेदेखि खाना खाने प्रबन्ध मिलाइएको उनले बताए ।

यो अभियानलाई विराटनगर विराटनगर महानगरपालिले पनि सहयोग गर्ने छ । विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले पनि हिजो जैन भवनअगाडि राखिएको स्टलमा पुगेर १० रुपैयाँ तिरेर खाना खाएका थिए । उनले पनि अभियान राम्रो भएको कारणले यसलाई निरन्तरता दिन महानगरले पनि सहयोग गर्ने बताउँदै आफूले पनि एक दिन सोही स्टलमा खाना खुवाउने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर