पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर – २ मा अवस्थित रहेर विगत ३६ वर्षदेखि शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रमका साथ सातौं अन्तराष्ट्रिय ढाका टोपी दिवस’ मनाएको छ ।
कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका छात्र–छात्राहरुले राष्ट्रिय टोपी, कसैले भादगाउँले त कसैले पाल्पाली टोेपी लगाएका थिए । “हाम्रो नेपाली टोपी , मेरो गौरव, मेरो पहिचान, मेरो शान ” भन्ने कुरा लाई अवगत गराउँदै “नेपाली राष्ट्रिय टोपी” लगाएर विद्यार्थीहरुलाई यस सम्बन्धि महशूस पनि गराइएको थियो । साथै, राष्ट्रिय टोपी तथा राष्ट्रिय पोशाकमा सझिएका विद्यार्थीहरुको मार्चपासले नजिकका पानिटैङ्की, तिनपैनीलगायतका स्थान हुदै सहिद रंगशाला पुगेर नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन रमारोहमा सहभागी भई पुनः विद्यालयमै पुगेर मार्चपासको समापन गरिएको थियो ।
कार्यक्रमलाई झन उच्च महिमा बनाउन सम्पूर्ण शिक्षकहरुले समेत राष्ट्रिय टोपीका साथै राष्ट्रिय पोशाक लगाएर यस दिवशलाई थप रोचक बनाएका थिए ।