RUMPUM
animated ellipse animated ellipse

अवैध रुपमा वस्तु भित्रिदा नेपाली उत्पादनले मूल्य पाउन सकेन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ पुष २०७६, मंगलवार २०:२०
3
Shares

विराटनगर / मोरङको धनपालका किसानहरुले उत्पादित वस्तुले मूल्य पाउन नसकेको बताएका छन् । उनीहरुले खुल्ला सिमानाका कारण अवैध रुपमा वस्तु भित्रिदा नेपाली उत्पादनले मूल्य पाउन नसकेको बताएका हुन ।

खुल्ला सिमानाकै कारण उत्पादित वस्तु विक्री पनि हुन नसकेको गुनासो गरेका छन् । धनपालथानका श्याम देवानले करिव ८५ प्रतिशत नागरिक कृषिमा आधारित रहेपनि उत्पादित वस्तुले मूल्य पाउन नसकेको बताए । धनपालथान ६ की अश्विनी मण्डलले खुल्ला सिमानाका कारण कृषकहरु समस्यामा परेको बताए । सिमामा अवैध वस्तु नियन्त्रण गर्न माग गरे । मोरङको धनपालथान गाउँपालिकामा मंगलबार आयोजित शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक टेलिभिजन संवाद कार्यक्रममा किसानहरुले सो गुनासो गरेका हुन ।

जवाफदेही र उत्तरदायित्व कार्यक्रम अन्र्तगत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, धनपालथान गाउँपालिका र मानव अधिकार निगरानी समूह धनपालथान गाउँपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे संवाद गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले अवैध रुपमा भित्रने गरेका वस्तुहरुमा नियन्त्रण गरिएको बताए । उनले केही समय अघि अवैध रुपमा भित्रिएका माछा, कुखुरा नियन्त्रणमा लिईएको बताए । उनले अवैध सामान भित्रियाउन नदिने समेत प्रतिबद्धता जनाए ।

स्थानीयबासीहरुले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्केको, शिक्षा नीति कार्यन्वयन हुन नसकेको, पठन पाठन नहुने गरेको, स्थानीय सरकारले कृषिका क्षेत्रमा लगानी नगरेको, विउ विजनको समस्या, आकाशे भरमा खेती गर्नुपर्ने, स्वास्थ्य संस्थामा औषधिको अभाव लगायतका विषयमा सरोकारवाला समक्ष गुनासो गरेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका प्रमुख नरेश पोखरेलले सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव रहेको स्वीकार गरे । उनले आधारभुत तहको कक्षा १ देखि ५ सम्म दरबन्दी भन्दा बढी शिक्षक भएपनि कक्षा ६ देखि १२ सम्म शिक्षक अभाव रहेको बताए । संघ, प्रदेश र स्थानीय सरकारले समस्या समाधानका लागि पहल गर्नुपर्ने बताए । धनपालथान गाउँपालिकाका प्रमुख हरिलाल सिंहले संवन्धित निकायले अधिकार नदिँदा शिक्षामा देखिएको समस्या समाधान गर्न नसकीएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेतले स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारले कन्जुस्याँई नगरेको बताए । धानपालथान गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ऋषि महासेठले स्वास्थ्य संस्थाले प्रभावकारी रुपमा सेवा दिइको बताए । उनले एक वर्षको अवधिमा ६ वटा स्वास्थ्य संस्थाबाट २६ हजारले ओपीडि सेवा लिएको बताए ।

कार्यक्रममा धनपालथान गाउ्ँपालिका उपप्रमुख नसिमा वानु, शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत शालिकराम दाहाल, धनपालथान गाउँपालिका शिक्षा शाखा प्रमुख ऋषि कोइरालालगायतले जिज्ञासाको जवाफ दिए । शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई जनता सम्म पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको इन्सेक प्रदेश संयोजक सोमराज थापाले बताए ।

धनपालथानमा एक वर्षदेखि मानव अधिकार निगरानी समूह बनाएर कार्यक्रम सञ्चालित रहेको उनले बताए । तीन वर्षे योजना बनाएर गाउँपालिकामा कार्यक्रम शुरु गरिएको संयोजक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर