पूर्वाञ्चल खबर
पोखरा / बुटवल ब्लास्टर्समाथि २१ रनले राजित गर्दै विराटनगर टाइटन्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा स्थान बनाएको छ ।
विराटनगरले आज भएको एलिमिनेटरमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै शनिबार हुने फाइनलमा चितवन राइनोजसँग भेट पक्का गरेको हो । एक सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले पुरै २० ओभर खेल्दै १ सय ४४ रनमै समेटियो । बुटवलका लागि भीम सार्कीले ४४ रन बनाउँदा विदेशी खेलाडी अफ्ताबुद्धिन अहमदले ४३ रन जोडे । अन्य ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । ६ जना ब्याट्सम्यान दोहोरो अंकको रन छुनै नसकी आउट भए । विराटनगरका शाहब आलम र पुनित मेहेराले समान तीनतीन विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ६५ रनको स्कोर बनाएको थियो । विपराटनगरका लागि सुनील धमलाले सर्वा्धिक ६१ रन बनाउँदा प्रदीप ऐरीले अविजीत ३३ रन बनाए । लिग चरणमा दुइ खेल जितेर नेट रनरेटमा अग्रता हासिल गरी प्लेअफमा पुगेको विराटनगरका लागि पीपीएलमा फाइनल यात्रा निकै रोमाञ्चक रह्यो । विराटनगर लिगको अन्तिम खेलमा पनि बुटवललाई नै हराएर प्लेअफमा स्थान सुरक्षित गरेको थियो ।