AArya
RUMPUM
animated ellipse animated ellipse

एजेलिया स्कूलमा क्रिसमस डे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७६, बुधबार २१:२५
3
Shares

विराटनगर/ शैक्षणिक तथा अतिरिक्त क्रियाकलापमा सधैं अगाडि रहेको विराटनगर १ मा अवस्थित एजेलिया स्कूलमा सधैका वर्षहरूमा झैँ यस वर्ष पनि क्रिसमस विशेष कार्यक्रम सम्पन्न भएको छ ।

सबै धर्म मान्ने विद्यार्थीहरूका लागि भेदभाव रहित रूपमा कार्यक्रम गर्दै आएको स्कूलले पिजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूका विभिन्न प्रतिभाहरूलाई प्रष्फुटन हुने अवसर प्रदान गरेको जनाएको छ । सुमधुर सङ्गीत र आकर्षक नृत्यहरू प्रस्तुत गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा धार्मिक सद्भावको विकास गर्न सहयोग पु¥याउने विचार स्कूलका निर्देशक दिनेश ढुङ्गानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर