RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा कलेज लिग क्रिकेट हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०७६, आईतवार १८:३०
3
Shares

विराटनगर / विराटनगरमा ‘टिन कप कलेज क्रिकेट लिग’ प्रतियोगिता हुने भएको छ ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित डिग्री क्याम्पसको खेलमैदानमा पुस ७ देखि १३ गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो ।

आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गरि प्रतियोगितामा विराटनगर महानगर क्षेत्रका रहेका आठ वटा उच्च माविका खेलाडीहरूको सहभागि हुने जानकारी गराए । लिगको आधारमा खेलाइने यो प्रतियोगितामा विराटनगरस्थित कान्तिपुर, अर्किड, भानु, आर्दश, केएमसि, मोर्डन एरा, लर्डबुद्ध उच्च माविलगायतको टिम रहेको एकेडेमीका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिए । दैनिक २ वटा खेल संचालन हुनेछ ।

प्रतियोगिताको उद्घाटन अन्तर्राष्ट्रिय अम्पायर बुद्धिबहादुर प्रधानले गर्ने बताइएको छ । प्रतियोगितामा करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रति टिम ७ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । विजेता र उपविजेताले ट्रफि तथा मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर