पूर्वाञ्चल खबर
पाकिस्तान / पाकिस्तानको इस्लामावादस्थित विशेष अदालतले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
अदालतले मुशर्रफलाइ देशद्रोहको अभियोगमा मृत्युदण्ड सुनाएको हो । अदालतको तीन सदस्यीय एक बेन्चले बहुमतका आधारमा यो फैसला सुनाएको हो । मुशर्रफ अहिले दुबईमा आफ्नो उपचार गराइरहेका छन् । केहीदिन अघि भिडियो सन्देश जारी गर्दै परवेजले आफ्नो स्वास्थ्य खराब भएको र आफ्नो स्थिति हेर्न छानबिन आयोगलाई आग्रह गरेका थिए ।
संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको अभियोगबारे परवेजले यो अभियोग पुरै निराधार भएको प्रतिक्रिया दिदै आउएका छन् ।