RUMPUM
animated ellipse animated ellipse

हिमपातमा फसेका १३ को उद्धार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० मंसिर २०७६, सोमबार २०:३९
3
Shares

विराटनगर / प्रदेश १ को ताप्लेजुङ र भोजपुरमा हिमपातमा फसेका १३ जनालाई प्रहरीले उद्धार गरेको छ ।

ताप्लेजुङको फुङलिङ नगरपालिका ११ स्थित पाथिभरादेवी मन्दिर परिसरमा हिमपातमा फसेका ११ जनाको प्रहरीले उद्धार गरेको हो ।

हिमपातमा फसेका ७ जना भारतीय नागरिक र ४ जना नेपाली नागरिकलाई प्रहरीले उद्धार गरी गन्तब्यस्थलसम्म पु¥याएको जनाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गत शनिबार बिहान मन्दिर परिसरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछि अस्थायी प्रहरी चौकी माथिल्लो फेदीबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासी समेतको सहयोगमा बाटोमा रहेको हिउँ हटाई उद्धार गरेको थियो ।

मोरङको उर्लाबारी नगरपालिका ९ का रमेश कार्की, तारा कार्की, हनमोल कार्की, सुभाष थापासहित भारतको सिक्किम मनिपुर घर भएका ग्याल्जेन भोटेसमेत ७ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकाहरुलाई गन्तब्यस्थलसम्म पु¥याउन सफल भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर