RUMPUM
animated ellipse animated ellipse

फरार अभियुक्त पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० मंसिर २०७६, सोमबार २०:३४
3
Shares

खोटाङ / खोटाङमा एक युवालाई हत्या गरी फरार भएका सशस्त्र प्रहरी जवानसहित तीन जना पक्राउ परेका छन् ।

मंसिर २६ गते राति हलेसी तुवाचुङ नगरपालिका–७ गैरीगुठका २७ वर्षीय रमेश राईको हत्या गरी फरार भएकाहरु पक्राउ परेका हुन् ।

हत्यामा संलग्न हलेसी तुवाचुङ नगरपालिका–९ तल्लो चिचिङ्गा घर भएका सशस्त्र प्रहरी जवान २७ वर्षीय भविन्द्र राई, २१ वर्षीय अशोक राई र २५ वर्षीय बलराम राई ओखलढुङ्गा र उदयपुरको सिमानामा पर्ने घुर्मी आसपासबाट पक्राउ परेका हुन् । भविन्द्र सशस्त्र प्रहरी बल हलेसी गुल्म मझुवागढीमा कार्यरत सिपाही रहेको प्रहरीले जनाएको छ ।

घटनाकै दिन घरबिदामा गुल्मबाट निस्किएका राई हत्यामा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ । उनीहरुलाई पक्राउपछि सात दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

मुस्ली प्रहारबाट घाइते भएका रमेशको हलेसीकै एक क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको थियो । भूकम्प पुनर्निर्माणको घर निर्माणसम्बन्धी काम गरेर फर्कदै गरेका रमेशसँग बाटोमा भेट भएपछि सामान्य विवादपछि उनीहरूले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर