पूर्वाञ्चल खबर
खोटाङ / खोटाङको रावाबेशि गाँउपालिका ४ रमितेभिर स्थित भित्रि सडक खण्डमा बोलेरो सडकको भीरबाट तल खस्दा १ जनाको मृत्यु भएको छ ।
आज दिउँसो डुम्रेधारापानिबाट रावाखोलातर्फ जादै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अंदाजी १५०० मिटर तल खसेर दुर्घटना भएको थियो । घटनाबारेमा प्रहरी चौकी डुम्रेधारापानिमा जानकारी हुनासाथ घटनास्थलमा खटिएको प्रहरीको टोलीले बोलेरो चालक सल्यान जिल्ला सारदा नगरपालिका ११ का २६ वर्षिय रामबहादुर कुवर गम्भिर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाएको थियो ।
दुर्घटनामा परेर बोलेरोमा सवार खोटाङको रावावेसी गाँउपालिका ४ गुहेलेका ४० वर्षिय रमेश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कको प्रहरी टोली पुगेर आवश्यक कानूनी प्रकृया गरीरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।