पूर्वाञ्चल खबर
विराटनगर / किराँत धर्मालम्वीहरुको महान पर्व उद्यौली पर्व आज विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

किराँत राई यायोक्खा नगर कार्य समिति विराटनगरको आयोजनामा आज विराटनग ११ साकेला थानमा पुजापाठ गरी विधिवत रुपमा महान पर्व उद्यौली मनाईएको छ ।
पर्वको अबसरमा बिराटनगरमा रहेको साकेला थानमा सबै किराँत समुदायका सबै उमेरका मानिसहरु आपसमा गोलो घेरा बनाएर चण्डी नाच नाचेका थिए । चण्डी नाचमा किराँत समुदायका मानिसमात्र नभएर अन्य के बाहुन के क्षेत्री, नेवार, साथमा मधेशी समुदायका युवा वर्गहरुको बाक्लो मात्रमा सहभागिता रहेको थियो । उद्यौली पर्व परम्परादेखि मान्दै आएको निश्चित समुदाय वा जातिले मान्ने मात्र नभई पछिल्लो समय सबै समयमा अन्य समुदायको पनि यस पर्वमा उपस्थित रहने गरेको किरात राई यायोख्खा नगर परिषद्का अध्यक्ष विष्णु राईले बताए ।
परम्पराअनुसार लिम्बुले चासो तगनाम पर्व मनाउने गर्छन् भने याख्खाले चासुवा सुनुवारले खोलस्यादर र राईले उधौली साकेला संयुक्त रुपमा मनाउने गर्दछन् । किराँत समुदायकोे मूख्य पर्व साकेला उभौली बैशाख पूर्णिमाको दिन र उधौली मंसिर पूर्णिमाको दिन मनाइन्छ ।