AArya
RUMPUM
animated ellipse animated ellipse

नोवेलमा फेरि सुत्केरीको मृत्यु, अस्पताल घेराउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०७६, आईतवार २२:०१
3
Shares
विराटनगर / विराटनगरमा रहेको नोवेल अस्पतालमा फेरि सुत्केरीको मृत्यु भएको छ । उपचारमा लापार्वाही हुँदा सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन ।

शुक्रबार दिउँसो प्रसुतीकालागि भर्ना भएकी मोरङ लेटाङ नगरपालिका ६ की २८ बर्षिया जानुका श्रेष्ठको उपचारकै क्रममा आज मृत्यु भएपछि आफन्तेले दिनभर अस्पताल घेराउ गरेका हुन ।

शुक्रबार भर्ना भएकी जानुको साँझ १० बजे अप्रेसन भएको थियो । अप्रेसनबाट उनले छोरा जन्माएकी थिइन । तर अप्रेसनपछि उनलाई अत्यधिक पिडा भएको थियो । पटक पटक जानकारी गराउँदा पनि डाक्टरले हेरचाह गर्ने वेवास्ता गर्दा उनको मृत्यु भएको आफन्तको आरोप छ ।

अप्रेसनमा लार्पावाही भएकोले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न डाक्टरलाई कार्वाही माग समेत गरेका छन ।
लेटाङबाट आएका एक सय बढी आफन्तले दिनभर अस्पताल घेराउ गरेपछि नोवेल प्रशासनले प्रहरीसँग गुहार मागेको थियो । प्रहरीले घेराउ गर्नेहरुलाई समान्य बल प्रयोग गरेर आज साँझ अस्पताल बाहिर निकालेको छ ।

मृत्युको उचित कारण पृष्टि नभएसम्म संघर्ष जारी राख्ने र कानुनी कार्वाहीमा जाने आफन्तले वताइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर