पूर्वाञ्चल खबर
धरान / धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उप–निर्वाचनमा ३ वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाश राई झिनो मतान्तरले अगाडी रहेका छन् ।
धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा नेकपा उम्मेदवार प्रकाशले कांग्रेस उम्मेदवार तिलक राईलाई १७ मतले पछि पारेकबा छन् । प्रकाशले २३०९ मत ल्याउँदा कांग्रेसका तिलकले २२९२ मत पाएका छन् । त्यस्तै समाजवादी पार्टीले ७८ मत र लिम्बुवानले १ सय ३१ मत बटुलेका छन् ।