AArya
RUMPUM
animated ellipse animated ellipse

निर्यात बढाउन सकिने खालका कृषि उत्पादन बढाउनु पर्नेमा जोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०७६, बुधबार २१:१३
3
Shares

विराटनगर / निर्यात बढाउन सकिने खालका कृषि उत्पादन बढाउनु पर्ने सरोकारबालाहरुले बताएका छन् ।

प्रदेश १ को कृषि क्षेत्रको विकास र प्रर्वद्धन गर्न निर्यात बढाउन सकिने कृषि उत्पादन बढाउने नीति आवस्यक रहेको उनीहरुको भनाई छ ।

आज विराटनतगर नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आयोजना गरेको कार्यक्रममा कृषि क्षेत्रमा बढी सम्भावना बोकेको प्रदेश १ मा कस्ता किसिमका योजनाहरु आउँदा कृषकको उत्थान हुनुका साथै कृषि व्यवसाय प्रवद्र्धन हुने र कृषिजन्य वस्तु निर्यात गर्न सकिने उल्लेख गर्दै चिया, अदुवा, सुपाडी, माछा, मह लगायतका कृषि वस्तुको उत्पादन बढाउन विभिन्न कार्यक्रम बनाउनु पर्ने सरोकारवालाहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै संघका प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्काले कृषि क्षेत्रमा संभावित लगानी गर्ने क्षेत्रको पहिचान गर्न अध्ययन गरिरहेको बताए ।

आर्थिक मामीला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले कृषि उपजमा भेल्यु एयाड गर्नुपर्ने तथा सबैले स्वदेशी उत्पादनको खपत गर्नु पर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले कृषि अनुदानको दुरुपयोग भई रहेको अवस्था देखिएको हुँदा किसान परिचय कार्ड मार्फत अनुदान वितरण गरिनुपर्ने कुरा उल्लेख गर्दै प्रदेशमा कृषिको प्रशस्त संभावना रहेको तर यथेष्ट नीति नियमका कारण कृषिजन्य वस्तुहरुको सोचे अनुसार निर्यात हुन नसकिरहेको अवस्थामा यसको प्रवर्धनका लागि सरकारले यसमा आवश्यक सुधार गरी कृषिलाई औद्योगीकरण गर्नु पर्ने र प्रत्येक जिल्लामा शीतगृह निर्माण गरिनु पर्ने कुरामा विशेष जोड दिए ।

विभिन्न जिल्लाका ६० जना कृषि व्यवसायहरु, जिल्ला/नगर उद्योग वाणिज्य संघ, विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर