पूर्वाञ्चल खबर
धरान / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउ भन्ने मानसिकताबाट अगाडि बढिरहे कांग्रेसलाई बत्ति बालेर खोज्ने दिन आउने दाबी गरेका छन् ।
मंसिर १४ मा हुने उपनिर्वाचनको मौनअवधिको पूर्वसन्ध्यामा धरानको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बलियो विपक्षी हुँदा राष्टलाई हित हुने भन्दै अरुको भन्दा आफ्नो चिन्ता लिन कांग्रेसलाई आग्रह गरे ।
अध्यक्ष प्रचण्डले कांग्रेसलाई गतिलै प्रतिपक्षीको रूपमा आफूहरूले चाहेकाले कम्युनिष्टविरुद्ध नलाग्न आग्रह गरे । ‘भीरबाट लड्ने गोरुलाई राम–राम भन्न सकिन्छ, काँधै थाप्न सकिन्न, त्यसतर्फ कांग्रेसका साथीहरू सचेत हुनुहोला’उनले भने । धरानको चुनावी मैदानमा आफुु र अर्का अध्यक्ष ओलीप्रति काँग्रेस नेताले गरेको टिप्पणीप्रति अध्यक्ष प्रचण्ड कडा रुपमा प्रस्तुत भएका थिए । आफुुुलाइ प्रधानमन्त्रीको पद दिएर लोभ्याउन खोजे पनि काँग्रेसको मुुख्य उदेश्य कम्युनिष्ट एकता नहोस् भन्नै रहेको आरोप लगाए । देशलाई समुुन्नत होस् भन्ने पक्षमा काँग्रेस छैन अध्यक्ष प्रचण्डले भने राम्रो काम गर्नुको सट्टाअरुलाई गाली गर्दै समय खर्च गर्दै हुनुहुन्छ ।
अध्यक्ष प्रचण्डले आलोपालोबाट दोधार हुनेभन्दै एकजनाले ५ वर्ष ढुक्क सरकार चलाउने र एकजनाले पाटी सुदृढिकरणमा लाग्ने प्रश्ताव आफुुले गरेको भन्दै काँग्रेसलाइ दुुई पाटीको एकताबाट नआत्ति जनताको पक्षमा काम गर्न आग्रह गरे ।
अध्यक्ष प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग रहेकाले नेपालको एक इञ्च जमिन पनि हड्पेको सहन नसक्ने बताए । ‘लिम्पियाधुरा नै नेपालको सिमाना हो, नेपालको एक इञ्च जमिन हडपेको सहन सक्दैनौं, अर्काको एक इञ्च जमिन चाहिँदैन’–उनले भने । चुनावी अभियानका क्रममा उनले प्रकाश राईलाई अत्यधिक मतले जिताउन आग्रह गरे । उनले केन्द्रबाट धरानका लागि सहयोग गर्न तयार रहेको बताए ।