RUMPUM
animated ellipse animated ellipse

राजपा नेपाल मोरङ अध्यक्षमा कादिर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७६, शनिबार १९:४७
3
Shares

विराटनगर / राष्ट्रिय जनता पार्टी नेपाल मोरङको अध्यक्षमा महम्मद कादिर निर्वाचित भएका छन् । विराटनगरमा भएको अधिवेशनले कादिरको अध्यक्षमा ४२ जना नयाँ समिति गठन भएको हो ।

राजपा मोरङले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रको निर्देशन अनुसार यही कात्तिक ३० गते भएको जिल्ला अधिवेशनवाट अध्यक्षमा कादिर तथा कोषाध्यक्षमा दिनेश राउत सर्वसम्मतिवाट चयन भएको अध्यक्ष मण्डलका चार मोरङ अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा रमानन्द साह, जगन्नाथ प्रसाद राजवंशी, दिनेशकुमार साह, राजु मण्डल, महम्मद मुन्ना सेख, मजेबुल रहमान रहेका छन् । समितिको सचिवमा ओमकार राजवंशी सहसचिबमा अरबिन्द झा र अबिनाष साह रहेका छन् ।

पार्टीका केन्द्रीय सदस्य इनामुल हकले समान्तर कमिटी गठन गर्नेलाई पार्टीले कारवाही गर्ने जानकारी समेत दिए ।

नव निर्वाचित अध्यक्ष कादिरले नेपालमा वसोवास गर्ने सवै जनताको हक अधिकारका सुनिश्चितका लागि कार्य गर्ने बताए । मोरङ जिल्लामा पार्टीको छ सदस्यीय अध्यक्ष मण्डल मध्ये मालबावु सहनी र संकर साहले अधिवेशन वहिष्कार गरी समान्तर जिल्ला कमिटी गठन गर्न लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर