RUMPUM
animated ellipse animated ellipse

जनता आवास कार्यक्रम सुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ मंसिर २०७६, शनिबार ०९:२१
3
Shares

झापा / झापाको क्षेत्र नं १ मा जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले १ करोड ८२ लाख ६० हजार रुपैयाँको लागतमा ५५ घर निर्माण गर्ने भएको छ ।

सरकारले सूचीकृत गरेका जातजाति दलित, अल्पसंख्यक, लोपोन्मुखमध्येबाट अतिविपन्न परिवार छनोट गरी प्रतिघर ३ लाख रुपैयाँको लागतमा घर निर्माण गरिने भएको हो ।

बुद्धशान्ति गाउँपालिका–४, ६ र ७ मा १६ परिवार, मेचीनगर नगरपालिका–३, ७, ९, ११, १३ र १५ का ३३ परिवार तथा भद्रपुर नगरपालिका–९ र १० का ६ परिवारका लागि घर निर्माण गरिनेछ । घरहरु चालु आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले बताए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर