पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरको शिक्षादिप कलेजले आफ्ना विद्यार्थीहरुलाई हरेक बर्ष झै यस पटक पनि वायालोजिकल एक्सक्र्सनको लागी विराटनगर बाहिर लगेको छ ।
विराटनगर १० मा रहेको विज्ञान संकायका विद्यार्थीहरुलाई मोरङको लेटाङ नगरपालीकामा रहेको चिसाङ खोलामा वायोलोजिकल एक्सकर्सनको लागी लगेको हो । कलेजले १२ औँ व्याचका विद्यार्थीहरु चिसाङ खोलाको बगर तथा खोलाहरुमा जैविक विविधता सम्बन्धि अध्ययन तथा अवलोकन गराएको छ ।
कलेजका ५ सय बढी विद्यार्थीहरुलाई फरक–फरक समुहमा विभाजित बनाएर खोलाका किनारमा बिभिन्न बस्तु, जीव तथा बनस्पतिको अध्ययन गरेका छन् ।
विद्यार्थीहरुलाई कलेजका विज्ञान संकायका शिक्षक तथा शिक्षिकाहरुले सहजीकरण गरेका थिए । पर्यावरण, पारिस्थितीक प्रणाली र वनस्पती, जीव विज्ञान सम्बन्धि वैज्ञानिक अनुसन्धानको आधारमा खोज तथा अनुसन्धान गराईएको प्रोफेसर ललित नारायाण मण्डलले बताए । विद्यार्थीहरुलाई कलेजले हरेक बर्ष आफ्ना विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिन बिभिन्न क्षेत्रमा लग्दै आएको छ ।
कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहरिक ज्ञान हाँसिल गराउन प्रत्येक बर्ष यसरी स्थलगत अध्ययन गराउने गरेको बताए ।
लेटाङ्ग नगरपालिका र भोगटेनी नगरपालीकाको विचमा पर्ने पर्ने चिसाङ खोलाको बगर तथा खोला किनारमा बिद्यार्थीहरु विभिन्न वनस्पतिकोहरुको बारेमा अध्ययन तथा अवलोकन गराईएको थियो ।
विद्यार्थीहरुलाई जीव विज्ञान सम्बन्धि स्थलगत शैक्षिक अध्ययनसँगै अवलोकन समेत गराइएको थियो । यसरी स्थलगत अध्ययन गरेपछि विज्ञान विषयका विद्यार्थीहरुलाई परीक्षामा प्रयोगात्मक अभ्यासको रुपमा यसले मदत पुग्ने जीव विज्ञान विषयका प्राध्यापक रामचन्द्र अधिकारीले जानकारी दिए ।