पूर्वाञ्चल खबर
विराटनगर / राजनैतिक अधिकार ,मतदाता तथा निर्वाचन सम्बन्धि ज्ञानको अभावका कारण बहिरा ब्याक्तिहरु प्रदत्त अधिकारवाट बञ्चित भएको भन्दै तालिम प्रदान गरिएको छ ।
राष्ट्रिय बहिरा महासंघको आयोजनामा प्रदेश १ का ३० जना बहिरा ब्याक्तिहरुलाई तालिम प्रदान गरिएको हो । तीनदि सम्म चलेको तालिम विराटनगरमा सम्पन्न भएको हो ।
तालिममा गोप्य मतदान, शुरक्षा ब्यवस्था,मतदान अधिकार,राजनैतिक दल तथा प्रतिनिधि कसरी चिन्ने,लाइनमा कसरी बस्ने ,नङमालगाउने मसी ,महिला ,बृद्ध,अपाङ,गर्भवती महिला र दोभाषेको ब्यवस्थापन विषयमा प्रत्यक्षरुपमा प्रयोगात्मक कार्यक्रम सम्पन्न गरिएको थियो ।
तालिमको प्रशिक्षण बहिरा प्रशिक्षक सिताराम ओझा र सुनिता तिवारीले गरेका थिए । यस्तै दोभाषेको कार्य सन्तोषी तिवारी ,दिनेश श्रेष्ठ, कञ्चन बास्कोटाले गरेका थिए ।
यो तालिमसंगै बहिराहरुमा राजनैतिक चेतनाको जागरुकता बढ्ने बहिरा महासंघका कार्यक्रम निर्देशक सुमन अधिकारीले बताए । निर्वाचन सम्वन्धि तालिम ७ वटै प्रदेशमा लाने प्रयास भइरहेको उनले जानकारी दिए ।