AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पोखरेलको ‘तिम्रो यादमा’ गजलसंग्रहको विमोचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० कार्तिक २०७६, शनिबार १९:२३
3
Shares
विराटनगर / गजलकार तारानाथ पोखरेलको ‘तिम्रो यादमा’ गजलसंग्रहको शनिबार विराटनगरमा विमोचन गरिएको छ ।

विराट साहित्य संगमले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ एनपी आचार्यले संग्रहको विमोचन गरे । ‘तिम्रो यादमा’ पोखरेलको दोस्रो कृति हो । यसअघि ‘सितारा’ गजलसंग्रह (२०७१) प्रकाशित भइसकेको छ । शृंगारिकसहित समसामयिक विषयमा गजल लेख्न रुचाउने पोखरेलको विमोचित कृतिभित्र ५२ वटा गजल छन् । विमोचित गजलसंग्रहका विषयमा गजलकार मधु पोखरेल र हरि कट्टेलले समीक्षा गरेका थिए । कार्यक्रममा कृतिकार पोखरेललाई आयोजक संस्थाले सम्मान गरेको थियो ।

सोही अवसरमा आयोजित सिर्जना वाचनमा लावण्य सापकोटा, कृष्णराज कोइराला, लक्ष्मी श्रेष्ठ, हरिप्रसाद बराल, नवराज घिमिरे, मुनाल पोखरेल, पदम भट्टराई, मीनकुमार नवोदित, भरत गुरागाईं, मधु खनाल, विमला चिमरिया, कविता केशरी, लीला बराल, भीम कोइरालाले आ–आफ्ना सिर्जना सुनाए । त्यस्तै ममता श्रेष्ठ, मञ्जु घिमिरे, लक्ष्मी रायमाझी, अनिता प्रधान, अच्युतप्रसाद खतिवडा, कर्ण संजय, शान्ता कर्ण, गोपाल निर्भीक, शिवनारायण पंडित ‘सिंगल’, सोमराज अभयलगायत चार दर्जनभन्दा बढी स्रष्टाहरूले कविता, गजल, मुक्तकसहितका सिर्जना प्रस्तुत गरे । कार्यक्रममा संस्थाका आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो । विराट साहित्य संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्य गोष्ठी गर्दै आएको छ । गोष्ठीले नयाँ र पुराना स्रष्टाहरूलाई जोड्ने काम गरेको संगमका अध्यक्ष ऋतु आसीकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर