RUMPUM
animated ellipse animated ellipse

होटलबाट पाँच यौनकर्मी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०७६, मंगलवार २०:२४
3
Shares

विराटनगर / विराटनगरको सीमा क्षेत्रमा रहेको विभिन्न होटलहरुबाट प्रहरीले यौनकर्मीहरुलाई नियन्त्रणमा लिएको छ ।

विराटनगरको जोगबनी सीमा नजिकै रहेको विभिन्न होटलमा विगत लामो समयदेखि यौनकार्य भइरहेको सूचनापछि प्रहरीले यौनकर्मी र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले रानी क्षेत्रमा यौन धन्दा भइरहेको भनी पाएको गोप्य सुचनाको आधार उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउजुले बताए । नियन्त्रणमा लिएका सबैलाई थप अनुसन्धान गरि कारवाही अगाडि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर