RUMPUM
animated ellipse animated ellipse

भारतले सार्वजनिक गरेको नक्साविरुद्ध अनेरास्ववियुको आन्दोलन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ कार्तिक २०७६, शुक्रबार १९:१२
3
Shares

काठमाण्डौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले भारतले कालापानी, लिपुलेकलगायतको नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको छ ।

आज विद्यार्थीहरुले लैनचौरस्थित भारतीय दूतावास धर्ना दिनुका साथै प्रदर्शन गरे । अस्कल क्याम्पसबाट सुरु भएको जुलुस लैनचौर पुगी एक घण्टाको धर्नापछि कोणसभामा परिणत भएको थियो । सीआईएनसंग कुरा गर्दैै अनेरास्ववियुका सचिब आरसी लामिछानेले भारतले नेपाली भूमि समेत आफ्नो बनाइ सार्वजनिक गरेको नक्साको बिरोधमा निरन्तर आन्दोलन गर्ने जानकारी दिए । सचिव लामिछानेका अनुसार अनेरास्वियुले आइतबार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाइ भेटेर ध्यानाकर्षण पत्र बुझाउने छ भने त्यसको भोलीपल्ट संयुक्त राष्ट्रसंघको नेपाल स्थित कार्यालयलाई पनि ध्यानाकर्षण पत्र बुझाउने छ ।

राष्ट्रियताको मुद्धामा सबै एकै ठाउँमा उभिनुपर्ने आवश्यकता भएकाले नेपाल विद्यार्थी संघ लगाएत अन्य दलका विद्यार्थी संगठन संग मिलेर संयुक्त आन्दोलन गर्ने बारेमा पनि छलफल भइरहेको नेता लामिछानेले बताए । धर्नामा रहेका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक र कालापानी हाम्रै हो’, ‘नेपालको भूमि मिच्न दिँदैनौँ’, ‘भारतीय विस्तारबाद मूर्दावाद’ लगायतका नारा लगाएका थिए ।

आन्दोलनमा विद्यार्थी नेताहरुले नेपालको भूमि एक इन्च पनि मिच्न नदिने भन्दै सीमा मिचिएको विषयलाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी दिएका छन् । यसैबीच, आजै प्रतिपक्षी नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंधले पनि दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर