पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिकाले छठ पूजालाई लक्षित गरी आइतबार सार्वजनिक बिदा दिएको छ ।
महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले आज सूचना प्रकाशन गर्दै विराटनगरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज विराटनगर महानगरपालिकामा आज बसेको बैठकले शनिवार र आईतवार विराटनगर महानगरपालिका सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरूको महान् पर्व छठ पर्वकोको अवसरमा १६ गते र १७ गते विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय र यसअन्तर्गतका कार्यालयहरू एवं नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ ।