पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–३ स्थित विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानी आयोजनाको चौथौं साधारणसभा आज सम्पन्न भएको छ ।
साधारण सभाको एक समारोहका बीच साहित्यकार विजय कट्टेल ‘छहरा’ले उद्घाटन गरे । नेपालमै सबैभन्दा उत्कृष्ट खानेपानी उपलब्ध गराउँदै आएको आयोजनाका ३६ हजारलाई सेवा प्रदान गर्दै आएको संस्थाका अध्यक्ष रामबहादुर घिमिरेले जानकारी दिए ।
सडक विस्तारका कारण खानेपानी वितरणमा केही समस्या भए पनि उपभोक्ताको चाहनाअनुसार संस्थाले सेवा प्रवाह गरिरहेको अध्यक्ष घिमिरेको भनाइ थियो । साधारण सभामा उलले १० करोड ८४ लाख ६८ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्ययसमेत प्रस्तुत गरे । आयोजनाले विराटनगरका ४ वटा वडा र बूढीगंगा गाउँपालिकाको एउटा वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।
आयोजनासँग हाल ४ लाख ५० हजार र २ हजार २५ हजार लिटर क्षमताका दुईवटा ट्यांकी रहेको संस्थाकी उपाध्यक्ष देवी बास्तोलाले जानकारी दिए ।
कार्यक्रममा सचिव लीलाराज काफ्लेले पछिल्लो समय संस्थामा राजनीति घुसेको बताए । उनले संस्थाको गरिमालाई बचाउन राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका साहित्यकार विजय कट्टेल छहरा, संस्थाका सल्लाहकार तोया घिमिरे, समाजसेवी गोपाल कटवाललगायतले आयोजनाले शुद्धता र गुणस्तरमा ध्यान दिनुपर्ने बताए । संस्थाका १ सय ८५ जना साधारण सदस्य छन् ।