RUMPUM
animated ellipse animated ellipse

कप्तान पारस खड्काको उत्कृष्ट शतकसँगै सिंगापुरमाथि नेपालको शानदार जित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ आश्विन २०७६, शनिबार २०:३१
3
Shares

विराटनगर / कप्तान पारस खड्काको उत्कृष्ट शतकसँगै नेपालले सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा घरेलु टोलीमाथि ९ विकेटको शानदार जित निकाल्दै त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ ।

यस अघि शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्वाव्वेलाई ५ विकेटले खेल सुम्पिएको थियो ।

सिरिज अन्तगर्त आज भएको दोस्रो खेलमा कप्तान खड्का र आरिफ शेखको उतकृष्ट साझेदारीसँगै नेपालले सिंगापुरमाथि ९ विकेटको शानदार जित निकालेको हो ।
सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका  कप्तान पारसले १ सय ६ रनमा अविजित हुँदा आरिफ शेख ३९ रनमा अविजित रहे । पारसले ५२ बलमा ९ छक्का र ७ चौका प्रहार गरे भने आपरिफले ३८ बलमा ५ चौको प्रहार गरे । नेपालले पहिलो विकेट भने यस्तैमा गुमाएको थियो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर १ दशमलव ३ बलमा ९ रन थियो । तर पारसले कप्तानी पारी खेल्दै नेपाललाई खेलमा फर्काएका थिए ।

दोस्रो विकेटका लागि आरिफ शेखसँग ८७ बलमा १ सय ४५ रनको शाझेदारी गरेका पारसले मात्र ४९ बलमा शतक पुरा गरेका थिए । उनले सिंगापुरका कप्तान टिम डेभिडको बलमा छक्का प्रहार गर्दै शतक पुरा गरे । टी–२० अन्तराष्ट्रिमा उनको यो पहिलो शतक हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रनको सम्मानजनक योगफल बनाएको थियो । सिंगापुरका टिम डेभिडले कप्तानी पारी खेल्दै ४४ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ६४ रनमा अविजित रहे भने जनक प्रकाशल २५ रनमा अविजित रहे । एस चन्द्रमोहन ३५ रन, मनप्रित सिंह २२ रन र आर रोहन १० रन बनाएर आउट भए । नेपालका कारण केसीले २ विकेट र सुशन भारीले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर