RUMPUM
animated ellipse animated ellipse

कांग्रेसको नाराबाजीबीच प्रदेश १ मा मनमोहन विश्वविद्यालय विधेयक पारित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ आश्विन २०७६, सोमबार १७:३९
3
Shares

विराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद प्रदेश १ को प्रदेशसभाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक पारित गरेको छ ।

कांग्रेसले उक्त विधेयक फिर्ता लिन माग गदैं नियमित संसद अवरुद्ध गदैं आएको थियो । आजको बैठममा सत्ता पक्षले पेलेर विधेयक पास गराएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रतिपक्षको नारावाजी भइरहँदा प्रक्रिया सुरु गरेर बहुमतबाट विधेयक पारित गराए ।

कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै प्रदेशसभामा नाराबाजी गरे पनि सभामुख प्रदीपकुमार भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई समय दिए । सामाजिक विकास मन्त्री घिमिरेको प्रस्तावलाई निणयार्थ प्रस्तुत गर्दै विधेयक बहुमतले पारित गरिएको थियो ।

मन्त्री घिमिरेलाई कांग्रेसका सांसदले रोष्टम जान नदिने प्रयास गरे पनि मन्त्री घिमिरेले कुर्सी नै नाघेर अस्वभाविक तरिकाले रोष्टम पुग्नु परेको थियो रोष्टम जान छेक्ने प्रयास प्रतिपक्ष दल असफल भए पछि विधेयक पेस भइ पारित भएको हो ।

प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुडामा रहेको मनमोहन इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालय बनाउन विधेयक पारित गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर