AArya
RUMPUM
animated ellipse animated ellipse

युवालाई जोखिमबारे सचेतना फैलाउँदै पुनर्जीवन केन्द्र

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७३, आईतवार १९:५४
3
Shares
घनश्याम भण्डारी
२४ पुस,उर्लाबारी /लागूऔषध दुव्र्यसनीमा परेका युवाहरूलाई एचआईभी एड्स तथा अन्य स्वास्थ्य सम्बन्धि सचेतना फैलाउने कार्यमा सक्रिय संस्था किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्र उर्लाबारी शाखाले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
शाखाका सिंहबहादुर पोमुले उर्लाबारी केन्द्रबाट मासिक ५ सय देखि ६ सय जनालाई लागूऔषध प्रयोग तथा सावधानीका विषयमा परामर्श, सुरक्षित यौन सम्पर्कका लागि ६० देखि ७० वटा कण्डम वितरण, मासिक १५ देखि २० जनाको रगत परीक्षण र २० देखि ३० जनाले प्राथमिक उपचार लिने गरेको जानकारी दिए ।
उनले लागूऔषध दुव्र्यसनमा फसेका ६० देखि ७० जनालाई मासिक ३५ देखि ५ हजार वटा सिरिञ्ज वितरणसमेत गरिएको बताउनुभयो । यसरी सिरिज वितरण गर्दा उनीहरूमा विभिन्न रोगका संक्रमण नआउने र नियमित सम्पर्कमा आउँदा लागूऔषधले जीवनमा हुने हानीको विषयमा परामर्शसमेत गराइँदै आएको छ ।
पोमुले केन्द्रको सम्पर्कमा रहेका एच.आई.भी. संक्रमण देखिएका ७३ जनालाई घरमै गएर एआइटी सेवा दिई रहेको समेत जानकारी गराए ।
कियाचू पुनर्जीवन केन्द्रका अध्यक्ष विजय लिम्बूले मोरङ जिल्लामा विराटनगर बाहिर दुई हजार ९५ जना लागूऔषध प्रयोगकर्ता रहेको र तीमध्ये १ हजार ८२ जना राजमार्ग आसपास रहेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको एचआईभी एड्स समन्वय समितिको तथ्यांकमा १ हजार ३ सय ३९ जना एचआईभी संक्रमित रहेको बताउँदै उनले तीमध्ये ३ सय ६० कियाचु केन्द्र उर्लाबारी, विराटचौंक र विराटनगरको सम्पर्कमा रहेको जानकारी दिए । सम्पर्कमा रहेका तीन सय जना एआरटी सेवा लिँदै आएको उनले बताए ।
यस्तै, एचआइभी संक्रमण देखिएका परिवारका ३२ छोराछोरीलाई मासिक १ हजार रूपैयाँ सहयोगसमेत गरिँदै आएको छ ।
कार्यक्रममा समाजसेवी जयधर्म आचार्य, बाजाहाङ राई, सुकदेव पौद्दारलगायतले लागूऔषध प्रयोगकर्ता बढ्दो अवस्थामा रहेकोले त्यसको न्यूनीकरणका लागि अझ व्यापक रूपमा कियाचूले कदम चाल्नुपर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर