पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर एयरपोर्ट छेउमा रहेको हाम्रो स्कूल अफ नर्सिङ कलेजले सातौं ब्याचका विद्यर्थाीहरुलाई विदाई गरेको छ ।

कलेजले आज शुक्रबार एक कार्यक्रम आयोजना गरि कलेजमा विएससी नसिंङमा अध्यनरत ३० जना विद्यर्थीहरुलाई विदाई गरेको हो ।
विएससी नर्सिङ विषयमा पठनपाठन हुँदै आएको कलेजले हालसम्म १ सय ५० जना विद्यार्थीहरुलाई कलेजले विदाई गरेको कलेजका सिइयो ज्ञानबहादुर खडकाले बताए ।
उनीहरुलाई कलेज व्यवस्थापन समितिको अध्यक्ष डा. हिरालाल सहनी, कलेका सिइयो ज्ञानबहादुर खडका, प्रिन्सिपल अञ्जुली मण्डल, कलेका निर्देशक डा.शंकरप्रसाद अधिकारी, सञ्चालक समितकी सदस्य डा. सुरेका अधिकारी, शिक्षिका प्रो. निला सुब्बालगायतले अविर, माला लगाएर र मायाको दिएर विदाई गरेका थिए । कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीहरुले गित, नाटक र नृत्य गरेका थिए ।