पूर्वाञ्चल खबर
विराटनगर / डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ । पछिल्लो समय विद्यार्थीहरुमा डेंगुको सक्रमण भेटि संगै महानगरले यसखाले कार्यक्रम अगाडी ल्याएको हो ।
आजदेखि विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले नगर स्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दे यस कार्यको थालनी गरेका थिए । यस भन्दा अगाडि वस्तीहरुमा मात्र फगिङ गरिएको थियो । लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटक पटक गर्दे आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालयहाता भित्र फगर मेसिनवाट यो अभियान शुरु गरेको छ । यससंगै वस्ती क्षेत्रमा समेत पुनः फगिङ् गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए ।
आजमात्रै वडा नं ७ र वडा नं १० का सरकारी ,गैर सरकारी कार्यालय,सामुदायिक विद्यालय,नीजि विद्यालयहरुमा फगर मेसिनवाट लामखुट्टे मार्ने काम भएको छ । यो अभियान महानगरका १९ वटै वडामा क्रमस गर्दे जाने बताइएको छ ।
केही महिनाअघि देखिएको डेंगुबाट सक्रमित विरामीको सख्या विराटनगरमा समेत बढेको छ । प्रभावित क्षेत्रमा टोली खटाएर दैनिकजसो लामखुट्टे मार्ने अभियान सञ्चालन धेरै पटक महानगरले गरिरहेको छ ।
विद्यालय, क्याम्पस तथा समुदायमा डेङ्गीबारे चेतनामूलक अभियान समेत सञ्चालन गरिएका छन् र लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको अभियान चलाइएको छ । यस अभियान संगै विराटगरमा सक्रमणको अवस्था घट्ने विश्वास मेयर पराजुलीले गरेका छन् ।