AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर पनि निकाल्यो भीमसेन जात्रा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ भाद्र २०७६, शुक्रबार २१:३६
9
Shares

विराटनगर / विराटनगरमा भीमसेन जात्राको रथ निकाल्एिको । आज साँझमा विराटनगर–१० सनसारीमास्थानमा रहेको भिमसेन मन्दिरबाट भीमसेन जात्रा निकालिएको हो ।

स्थानीय संसारीमाइ स्थानस्थित भीमसेन मन्दिरबाट निकालिएको भीमसेनसहितको जात्रा विराटनगरको विभिन्न भागको परिक्रमा गरी जात्रा झिँ पुचमा आएर समापन गरिएकोे थियो । भीमसेन जात्राको विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुलीले उद्घाटनर गरे भीमसेन जात्राको रथ निकालिएको थियो ।

भिंद्यो अर्थात असल देवता नै अपभ्रंस भएर भिमसेन भएको किंवदन्तीका आधारमा नेवार समुदाय बसोबास गर्दै आएको क्षेत्रमा भीमसेनको जात्रा निकालिने गरिन्छ । सस्कृतिको संरक्षण गर्ने उद्देश्यले विराटनगरमा भिमसेन जात्रा निकालिएको छ । विराटनगरमा बसोबास गर्दै आएका नेवार समुदायले २०७३ सालदेखि भीमसेनको जात्रा निकाल्न थालेका हुन् ।

जात्रामा नेवारी संस्कृति झल्किने धिमे बाजा र लाखे नाच प्रस्तुत गरिनुका साथै परम्परागत नेवारी पोशाक लगाएर महिलाहरु सहभागि भएका थिए । यसपटकको भिमसेन जात्रामा नेवार मात्र होइन अन्य समुदायका मानिसहरुको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर