पूर्वाञ्चल खबर
आज विराटनगर आँखा अस्पतालको १३ औं वार्षिकोत्सव एवं पेइङ्ग जाँच सेवा र रेफ्रेक्टिभव सर्जरी सेवाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मुख्य मन्त्री राईले प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्रको रुपमा विकास गर्ने सरकारको चाहनालाई अस्पतालले पुरा गर्ने बताउदै यस क्षेत्रमा विदेशी पर्यटक भित्र्याउने स्थलमा यस अस्पताललाई समावेश गर्ने जानकारी समेत दिए ।
मुख्यमन्त्री राईले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गरी विदेशी मुलुकका नागरिकलाई आकर्षित गर्ने कार्यवाट सवैले प्रेरणा लिनु पर्नेमा जोड दिए ।अन्धोपन निवारणमा सहकार्यको भूमिका निर्वाह प्रदेश १ ले गर्ने उनले बताए ।
नेपाल नेत्र ज्योति संघका केन्द्रीय अध्यक्ष तीर्थप्रसाद मिश्रले संघले अन्धोपन निवारणमा ९० प्रतिशत सहयोग पु¥याएको दावी गर्दै आँखा उपचारका विरामीले प्रयोग गर्ने सामाग्रीमा भन्सार छुटको माँग समेत गरे ।
सङ्घद्वारा सञ्चालित अस्पतालले विदेशी मुद्रा आर्जन गरी स्थानीय स्तरमा रोजगारी र आर्थिक कारोवारमा वृद्धि गरेको उनले दावी गरे । संङ्घका महासचिव एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष श्यामकुमार पोखरेल, प्रा.संजयकुमार सिंहले सन् २०१८ मा अस्पतालले २ सय ३७ जनालाई आँखाको नानी प्रत्यारोपण गरेको अन्धोपन हटाएको जानकारी दिए ।
यस क्षेत्रमा १ हजार आँखाको नानी आवश्यक भएकोमा गत वर्ष १० वटा संकलन भएको र वार्षिक एक सय वटा नानी संकलन भएमा आँखा वैंकको स्थापना गरिने सोही अवसरमा जानकारी दिइयो ।
सङ्घद्वारा नेपाल भरी १८ आँखा अस्पताल तथा ८६ उपचार केन्द्रमा सन् २०१८ मा २२ लाखले उपचार गराएका थिए भने २ लाख ३० हजारको शल्यक्रिया गरिएको थियो । उपचार गराइएका मध्ये ८ लाख विरामीहरु विदेशी रहेको कार्यक्रममा जानकारी गराइयो ।