पूर्वाञ्चल खबर
खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का ४३ बर्षीय बालाराम कट्वाल धारिलो हतियार प्रहारबाट घाईते भएका छन् ।
मादक पदार्थ सेवन गरी आएका निजकै भतिज दिनेश कट्वालले सामान्य बादविवादकै क्रममा एक्कासी टाउकोमा धारिलो हतियार खुकुरी प्रहार गर्दा घाईते भएका बालारामको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने खूकुरी प्रहार गर्ने दिनेशलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको खोटाङ प्रहरीले जनाएको छ ।