AArya
RUMPUM
animated ellipse animated ellipse

मनमोहनका विद्यार्थी गरे वहुउपयोगी उपकरण र मेसिनहरुको आविष्कार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ भाद्र २०७६, शनिबार १८:२१
3
Shares

विराटनगर / मोरङको मनमोहन स्मृती पोलिटेक्निक इन्स्टीच्युटमा अध्ययनरत विद्यार्थीहले विभिन्न बहुउपयोगी उपकरण र सामाग्रीहरुको आविस्कार गरेका छन् ।

कलेजमा विभिन्न विषयमा अध्ययन गरेका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई प्रयोगात्मक रुपमा देखाउन विभिन्न उपकरण तथा उपयोगि सामाग्रीहरुको आविस्कार गरेका हुन् ।

प्रदेश १ कै उत्कृष्ट प्राविधिक शिक्षालय रहेको मनमोहनमा पोलिटेक्निकमा ३ वर्षे सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रिोनिक्स र मेकानिकल विभागमा अध्ययन गरेका विद्यार्थीहरुले प्यारालाईसिस भएका विरामीको हेरचार तथा स्याहार गर्ने देखि माइक्रो हाइड्रो पावरको नमुना समेत तयार गरेका हुन् । अध्ययन सकेर उतिर्ण भइ जान लागेका विद्यार्थीहरुद्धारा निर्मित ति सामाग्रीहरुको प्रदर्शनी गरिएको छ ।

कलेजको सवै विभागका विद्यार्थीको समुहले बनाएका सामाग्रिहरुको कलेज परिसरमै उनीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनीमा राखिएका उपकरण तथा सामाग्रीहरुको प्रदेश १ प्रदेशसभा अन्तर्गतको सामाजिक विकास समितिकी सभापति सरिता थापा खड्का, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्युटका प्रिन्सिपल डा. सुभाष श्री पोखरेल, सुचना प्रमुख सत्यनारायण चौधरी, विभिन्न सञ्चारमाध्याममा आवद्ध सञ्चारकर्मीहले अवलोकन गरेका छन् ।

सो उपकरणले प्यारालाईसिस भएका विरामीको अवस्था, उनीहरुलाई लागेको भोक, तिर्खा तथा शौचालय जानुपर्ने अवस्थाका विषयमा बताउने प्रिन्सिपल डा. पोखरेलले जानकारी दिए । त्यसैगरि उनीहरुले ‘डिजिटल वेदर स्टेसन विथ नोटिस बोर्ड’, आधुनिक हाजिरि मेसिन, ‘बायोमेट्रिक डार लक’, मोवाइलकै माध्यमबाट नियन्त्रण गर्न सकिने बम डिस्पोज गर्ने रोबर्ट र ‘स्मार्ट ब्लाइण्ड स्टीक’ बनाएका छन् ।

‘स्मार्ट ब्लाइण्ड स्टीक’ ले दृष्टिविहिन व्यक्तिहरुले प्रयोग गर्दा, पानी परेको, खताराको समेत संकेत मात्र गर्दैन त्यसले अगाडी आएको चिज बस्तुहरुका विषयमा समेच सचेत गाराउँछ ।

त्यस्तै इलेक्ट्रिकलका विद्यार्थी मध्ये ६ जनाको समुहमा रहेका विद्याथीले ‘अर्डिनो बेस फ्यान विण्डिङ मेसिन’, ६ जनाकै अर्को समुहले ‘सिन्च्रोनाइजेसन टु अल्टरनेटर्स’ निर्माण गरेका छन् । सोही विभाग मध्ये ५ जनाको समुहले सोलारबाट चल्ने एसि निर्माण गरेका छन् । जुन व्यवहारिक प्रयोगमा अतिनै उपयोगि छ । यो एसिले सौर्य शक्तिबाट चल्ने बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर