AArya
RUMPUM
animated ellipse animated ellipse

अरनिको कलेजकी रुसा ताइवानमा भएको यूवा वैज्ञानिक सेमिनारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ भाद्र २०७६, शुक्रबार १२:४९
108
Shares
विराटनगर / विराटनगर–१० मा रहेको अरनिको कलेजका एक छात्रा ताइवानमा भएको यूवा वैज्ञानिक आविश्कार सम्मेलनमा सहभागि भएर फर्किएका छिन् ।

कलेजमा कक्षा १२ को विज्ञान संकायमा अध्ययनरत रुसा चौहान ताइवानको नेशनल ताइवान यूनिर्भसिटीले आयोजना गरेको ७ दिने सम्मेलनमा सहभागि भएर फकिैएको कलेजले जनाएको छ ।

ताइवानमा अगस्त १८ देखि २५ भएको यूवा वैज्ञानिक सम्मेलनमा रिकाष्टका कार्यकारी निर्देशक प्रा.डा.रामेश्वर अधिकारीको नेतृत्वमा रुसासहित नेपालबाट अलन अन्सारी, रिषी गुप्ता, परि अधिकारी र केपिएन स्कूलका प्रमुख अमृत गेवाली नेपालकोतर्फबाट सहभागि रहेका थिए । सो सम्मेनलमा नेपालसहित भारत, ताइवान, मलेसिया, इन्डोनेसिया,जापान, थाइल्याण्ड, रसिया र भेतनामका गरि करिव ९० जना युवा वैज्ञानिकहरु सहभागि रहेका थिए । रसालाई ब्याचलर अध्ययनकालागि सो यूनिर्भसिटीले छात्रावृद्धी दिने रुसाले बताइन् ।

रुसाको अन्तराष्ट्रिय सम्मेनलले कलेजलाई थप हौसला रहेको कलेजका प्रिन्सिपल राजेश कार्कीले बताए । आउँदो दिनमा अरु विद्यार्थीहरुलाई पनि सो सम्मेलनमा सहभागि हुन पेरित गर्ने पिन्सिपल कार्कीको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर