AArya
RUMPUM
animated ellipse animated ellipse

विश्वविद्यालय भित्रैबाट उपकुलपति नियुक्तीको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ भाद्र २०७६, बुधबार १८:११
3
Shares
विराटनगर / पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत मध्येबाटै उपकुलपति नियुक्त गर्न कर्मचारी र प्राध्यापकहरुले माग गरेका छन् ।

विराटनगरमा आज पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघ केन्द्रीय समितिले पत्रकार सम्मेलन गरी विश्वविद्यालयभन्दा बाहिरबाट उपकुलपति नियुक्त नगर्न माग गरेको हो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.घनश्यामलाल दासको भदौ ६ गते पदावधी समाप्त हुँदै छ । उपकुलपतिको पदावधि समाप्त हुनै लाग्दा प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालयभन्दा बाहिरबाट पदाधिकारी नियुक्त गर्ने परिपाटी अन्त्य गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक भन्दा राजनीतिक भागबण्डाको थलोको रुपमा परिणत गराउने विगतको अभ्यास अन्त्य हुनुपर्ने भनिएको छ । विशेष गरेर २०६२÷६३ पछि विश्वविद्यालयको नेतृत्व राजनीतिक भागबण्डाका आधारमा छानिने गरेको र विश्वविद्यालय भन्दा बाहिरबाट नेतृत्व ल्याउँदा प्राज्ञिक उन्नयन, शैक्षिक र भौतिक विकासमा उनीहरुको ध्यान नजाने गरेको विगतमा अनुभूति गरेको विश्व विद्यालय प्राध्यापक संघका केन्द्रीय समिति सभापति डा.सन्देशदास श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर