AArya
RUMPUM
animated ellipse animated ellipse

विश्वविद्यालयबाटै उपकुलपति नियुक्ती गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ भाद्र २०७६, सोमबार २२:३६
3
Shares
विराटनगर / पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति विश्वविद्यालय भित्रैबाट नियुक्ती गर्न माग गरिएको छ ।

विश्वविद्यालयका प्राध्यापकहरु मध्येबाटै उपकुलपति, रजिष्ट्रार जस्ता पदहरुमा नियुक्ती भई विश्वविद्यालय व्यवस्थित, मर्यादित र पारदर्शी रुपमा सञ्चालन भईसकेको भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति सभापति डा.सन्देशदास श्रेष्ठ र पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समिति सभापति राजकुमार सापकोटाले आज संयुक्त विज्ञप्ती जारी गर्दै विश्वविद्यालय बाहिरबाट उपकुलपति, सेवा आयोगका अध्यक्ष नियुक्ती नगर्न विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल समक्ष माग गरिएको छ ।

विश्वविद्यालयले २५ वर्ष पुरा गरिसकेको अवस्थामा पनि बाहिरबाट पदाधिकारी नियुक्त गर्दा विश्वविद्यालयले सही दिशा लिन नसकेको प्राध्यापक संघका सभापति डा. श्रेष्ठले बताए । विश्वविद्यालयमा बाहिरबाट पदाधिकारी नियुक्ती गर्दा विभिन्न वाधा व्यवधानहरु खडा भई दिन प्रति दिन समस्याग्रस्त बन्दै गएको उनले बताए ।

विज्ञप्तीमा ‘हाम्रो विश्वविद्यालय हामी आँफैले सञ्चालन गर्ने भन्ने अभियानमा’ संवन्धित सरोकारवाला सवैलाई सहयोग गर्न अपिल गरिएको छ । प्राध्यापक संघ र कर्मचारी संघको माग विपरित पदाधिकारी नियुक्ती भएमा विषम परिस्थितिको जिम्मेवार संवन्धित निकाय स्वयं हुने समेत चेतावनी दिईएको छ ।

आज दुवै समितिको विराटनगरमा बसेको बृहत भेलाले विश्वविद्यालय भित्रैबाट पदाधिकारी नियुक्तीका लागि जोड दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर