AArya
RUMPUM
animated ellipse animated ellipse

गाईजात्रामा हाँस्यव्यंग्य कविगोष्ठी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ श्रावण २०७६, शुक्रबार २०:१८
3
Shares
विराटनगर / गाईजात्राको अवसरमा झिः पुच विराटनगरले हाँस्यव्यंग्य कविगोष्ठी आयोजना गरेको छ ।

विराटनगर–१० झिः पुच सचिवालयमा आयोजित कार्यक्रममा लावण्य सापकोटा, हरिप्रसाद बराल, मधु पोखरेल, दिङ्लाली कान्छो, चूडामणि नेपाल अकिञ्चन, राधिका गुरागाईं, कविराज पोखरेल, शुभलक्ष्मी लम्साल, हरि कट्टेल, सरिता तुलाधर, राधा भट्टराई, गायत्रीकुमार चापागाईं, अजिता प्रधान, रोमा निरौला, अच्युत खतिवडाले कविता प्रस्तुत गरे ।

त्यस्तै भवानीप्रसाद पोखरेल, कविता केशरी, ममता श्रेष्ठ, सुमन पोखरेल, भरत गुरागाईं, मञ्जुश्री गिरी, प्रिन्स प्रमोदकुमार ढकाल, रोहिणी रसिक, मीना श्रेष्ठ, मञ्जु श्रेष्ठ, तारानाथ पोखरेललगायत तीन दर्जनभन्दा बढी कविहरुले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी कविहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राज्ञ विवश पोखेल, आयोजक संस्थाका अध्यक्ष बुद्धरत्न उदासलगायतले प्रमाणपत्र र पुस्तक प्रदान गरे । त्यस्तै प्राज्ञ गंगा सुवेदी झिः पुचका सल्लाहकार दिनेश श्रेष्ठ, लोकेन्द्रकुमार मल्ललगायतले भाषा र संस्कृतिको विकासले मात्रै मुलुक समृद्धि हुने विचार व्यक्त गरेका थिए ।

२०५२ सालदेखि सुरु भएको हाँस्यव्यंग्य कविगोष्ठी केही वर्षयता हुन सकेको थिएन । यस वर्षदेखि गोष्ठीलाई निरन्तरता दिइएको झिःपुचका महासचिव भविसकुमार श्रेष्ठले गराए । आगामी वर्षदेखि कार्यक्रमलाई प्रदेशस्तरीय बनाउने कार्यक्रम संयोजक मीनकुमार नवोदितले बताए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जयन्त प्रधान, उपाध्यक्ष हरिबहादुर श्रेष्ठ, कोषाध्यक्ष शरद श्रेष्ठलगायतले संस्थाको गतिविधिका विषयमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर