AArya
RUMPUM
animated ellipse animated ellipse

एक सातामा आधा दर्जन सवारी नियन्त्रणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ श्रावण २०७६, आईतवार १८:००
3
Shares
विराटनगर / प्रहरीले चार दिनको अवधिमा मोरङको विभिन्न खोलाबाट अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा आधा दर्जन सवारी साधरन नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले टोलीले आइतबार अवैध उत्खनन गरि टुङ्गा र बालुवा लैजाने चार वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । केराबारी गापा ७ हुरहुरे खोलामा प्रहरी गस्ती टोलीले अबैध रुपमा ढुङ्गा लोड गर्दै गरेको को.२.त.६००६, को.२ त.८३१९, ना.३ त.३४४६ र को.१ त.३७७५ न. को ट्रयाक्टरहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको छ ।

बुधबार पनि मोरङ सुन्दरहरैचा नगरपालिका – ७ गछिया खोलाबाट को १ त ५२९० नम्बरको ट्याक्टरमा बालुवा लोड गर्दै गरेको अवस्थामा प्रहरी चौकी गछीया बाट खटिएको गस्ति टोली नियन्त्रणमा लिएको छ । प्रहरीलाई देख्नासाथ ट्याक्टर छाडी चालक फरार भएका थिए । प्रहरीले उक्त ट्याक्टर आवश्यक करवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङलाई बुझाएको मोरङ प्रहरीले जनाएको छ । सोहि दिन मोरङको केराबारी गाउँपालिका– ७ स्थित खदमखोलाबाट पनि अवैध रुपमा ढुङगा उत्खनन गर्ने क्रममा प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरीले को १ त ५९०९ नम्बरको ट्रयाक्टरमा ढुङ्गा लोड गरी लैजादै गरेको अबस्थामा ईप्रका केराबारीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर